कार दुर्घटना हुदाँ ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु

बुटबल, २३ मंसिर/ कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर हुन् । पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको कार दुर्घटनामा परेको हो ।

कार दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ ।

अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा कार ठोक्किको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...