आफ्नो साथिलाइ ढुङ्गा प्रहार गरि हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौँ, २४ माघ / आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी घर भएका ‘मोटे’ भनिने सानु मगर आज बिहान मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।

सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका राजन कटुवाललाई पक्राउ गरेको छ । मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ ।

विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

कमेन्टहरु
Loading...