अर्घाखाँची बस दुर्घटनामा हुुँदा १२ को मृत्यु

बुटबल, ११ मंसिर / अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुँदा १२ जनाको मृत्यु भएको छ ।

सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका ६, नरपानीमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १२ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिदै छ ।

दुर्घटनामा परी नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत प्रज राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटना स्थलमा प्रहरी र स्थानीय भएर उद्धार गरेका छन् ।

कमेन्टहरु
Loading...