पोखरामा कृष्णजन्माष्टमी, लोप हुदै गएको बालन नाचको प्रदर्शनी

पोखरा, १२ भाद्र/कृष्णजन्माष्टमीको अवसरमा आज पोखरामो शोभा यात्रा निकालिएको छ । ठाउँ ठाउँबाट निस्केको शोभा यात्राले पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेको थियो । शोभा यात्रामा आमा समुह, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
साही अवसरमा पौराणिक महत्ब बेकोको कृष्ण चरित्रमा आधारित लापोन्मुख बालन नाच संरक्षणका लागी प्रर्दशन गरिने भएको छ । विन्ध्यवासिनी धार्मीक क्षेत्रबिकास समितिको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको दिन पारेर बालननाच प्रर्दर्शन गरेको छ ।
लोपहुदै गएको बालन नाचको संरक्षण हुन नसक्दाँ यो नाच लोप हुँदै गएको थियो । विन्ध्यवासिनी मन्दिरमा नाचको संरक्षण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो । यो नाच चार घण्टासम्म निरन्तर रुपले नाचिने छ भने पोखरामा पहिलो पटक सार्वजनिक प्रर्दशनमा हुने छ । यो नाचले नयाँपिंढीलाई नाँचको महत्वको बारेमा जानकारी दिने छ । नाचमा करिब ५५ जना कलाकारहरुले रहने छन् ।

कमेन्टहरु
Loading...