जनमुक्तिका दुबै सभासद तनहुँका

पवन पौडेल /मंसीर २३,तनहुँ । राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने दुबै सभासद तनहुँका परेका छन् । देशभरबाट २ सीट पाएको सो पार्टीले तनहुँका दुई नेतालाई समानुपातिक तर्फको सभासद बनाउने निर्णय गरेको हो । शिवलाल थापा मगर र होमाया गुरुङले सो पार्टीका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने बताईएको छ ।थापा पार्टीका बरिष्ठ उपाध्यक्ष हुन भने गुरुङ महिला नेतृ हुन् । तनहुँको काहुँ शिवपुर तथा आसपासका दक्षिण भेगमा राम्रो प्रभाव रहेका थापाकै कारण पार्टीले जिल्लामा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ चौथो स्थान हासिल गरेको थियो । राजधानीको धोबीघाटमा सम्पन्न बैठकमा आकाक्ष्ांी बढी देखिएपछि दुबै नेता मतदान प्रक्रियाबाट सभासद छनोट भएका हुन् ।

अब थापा र गुरुङ सहित पार्टीका तर्फबाट मनोनित सभासदको नामावली सोमबार निर्वाचन आयोगमा बुझाईने बताईएको छ । अन्य जिल्लाको तुलनामा राम्रो प्रभाव रहेकाले पनि दुबैजनालाई सभासद बन्न बाटो सहज भएको विश्लेषण गरिएको छ ।

कमेन्टहरु
Loading...