स्वतन्त्र पत्रकारको केन्द्रीय सभा लुम्बिनीमा गर्न माग

पोखरा, २३ मङ्सिर।रुपन्देहीका पत्रकारहरुले स्वतन्त्र पत्रकार संघ नेपालको दोस्रो वार्षिक केन्द्रीय साधारणसभा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गर्न माग गरेका छन्। भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भन्दै संयुक्त राष्ट्र संघमा ज्ञापन पत्र बुझाउन हस्ताक्षर अभियान चलिरहेको बेला स्वतन्त्र पत्रकारहरुको भेला पनि लुम्बिनीमा राख्नु उपयुक्त हुने भन्दै रुपन्देहीका पत्रकारहरुले उक्त माग गरेका हुन्।स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको आइतबार बसेको बैठकले संविधान सभा–२०७० शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै यथाशीघ्र संविधान निर्माणमा लाग्न सभासद्हरुको ध्यानाकर्षण गरेको छ।यसै गरी उक्त बैठकले संघको ‘स्वतन्त्र सन्देश’ पत्रिका विशेषाड्ढको रुपमा बुटवलबाट प्रकाशित गर्नको लागि पनि केन्द्रसँग माग गरेको छ।

कमेन्टहरु
Loading...