अर्मलाको भूक्षय पीडितलाई राहत दिन मन्त्रिपरिषदका अध्यक्षसँग सभासद पौडेलको माग

काठमाडौं, २३ मंसीर । कास्की क्षेत्र नम्वर दुईका नवनिर्वाचीत सभासद शारदा पौडेल सहितको टोलीले मन्त्रिपरिषदका अध्यक्ष खीलराज रेग्मीलाई आज भेटेर कास्की अर्मला क्षेत्रमा जमिनमा खाडल पेरर भएको प्राकृतिक प्रकोप नियन्त्रणको लागि आवश्यक कार्यक्रम ल्याउन माग गरेको छ ।
केही समयदेखि अर्मला क्षेत्रमा जमिन ठाउठाउमा खाडल परेर स्थानीयवासी घर छोडेर विस्थापित भएकोले विस्थापित परिवारलाई तत्काल राहत दिन र भूक्षय नियन्त्रणका लागि अल्पकालिन र दीर्घकालिन कार्यक्रम ल्याउन सो टोलीले मन्पिरिषदका अध्यक्षसँग माग गरेको टोलीका सहभागि डा. परमेश्वर पोखरेलले बताउनुभयो ।

भेटमा मन्त्रिपरिषदका अध्यक्ष सहित सिंचाई मन्त्रीसमेत उपस्थित रहनुभएको थियो । सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुको सहभागितामा पीडित स्थानीयवासीलाई राहत दिने लगायतका विषयमा भोलि बैठक वसेर आवश्यक निर्णय लिने पनि मन्त्रिपरिषदका अध्यक्षले आश्वासन दिनुभएको सभासद पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...