११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु

पोखरा, २३ मङ्सिर। कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा आइतबारदेखि पोखरामा ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु भएको छ। मङ्सिर २७ गतेसम्म सञ्चालन हुने लिगकम नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा छात्रतर्फ ११ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको छ।

पोखरा र·शालास्थित बास्केटबल कोर्टमा भएको उद्घाटन खेलमा छात्रतर्फ डिफेडिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले सरस्वती आदर्श विद्याश्रम लामाचौरलाई ४५–४१ स्कोरले पराजित ग¥यो। सो खेलमा मनकामनाका सुदीप पुनले सर्वाधिक २४ स्कोर गरेका थिए।छात्रतर्फको दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले टप्स उमाविलाई ३३–२० ले पराजित ग¥यो।सो खेलमा माउण्ट अन्नपूर्ण उमाविका तारा पुनले सर्वाधिक १२ स्कोर गरेका थिए।

छात्रातर्फको पहिलो खेलमा माउण्ट अन्नपूर्ण उमाविले ग्लोबल कलेजियट उमाविलाई ४५–४ को विशाल अन्तरले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्ण उमाविकी अहिना पुनले सर्वाधिक १० स्कोर गरेकी थिइन्। दोस्रो खेलमा सरस्वती आदर्श विद्याश्रम लामाचौरले सोसल पब्लिक स्कुल बुद्धचोकलाई २१–२ ले पराजित ग¥यो। सो खेलमा सरस्वती आदर्शकी विपना लामाले सर्वाधिक सात स्कोर गरेकी थिइन्।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मुख्य प्रायोजक कर्णेल जेपिक्रसका सुपुत्र बुद्धिमान गुरुङ धम्पुले जबसम्म कर्णेल जेपि क्रस नेपालमा रहनुहुन्छ त्यो बेलासम्म तथा उहाँको मृत्युपर्यन्त पनि बास्केटबललाई सहयोग गरिरहने विश्वास दिलाए। उनले जेपिक्रसको पहिलो इच्छा बास्केटबलको विकासमा सहयोग पु¥याउने र दोस्रो इच्छा नेपालमै मर्ने रहेको बताए।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा सङ्घका कार्यबाहक उपाध्यक्ष नारायण पुनले स्वागत मन्तव्य राखेका थिए भने सञ्चलन सचिव धोजकुमार गुरुङले गरेका थिए। करिब एक लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कमेन्टहरु
Loading...