महायज्ञको दोस्रो दिनमै भक्तजनहरुको उत्साहजन सहभागिता

पोखरा, २३ मंसिर/राष्ट्रिय परोपकार महासंङघ नेपालले आयोजना गरेको श्रीमद भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको दोस्रो दिनमै भक्तजनहरुको उत्साहजन सहभागिता बढेको छ । शनिबारबाट शुभारम्भ भएको महायज्ञको दोस्रो दिनमै देशका विभिन्न १७ जिल्लाबाट भक्तजनहरुको उत्साहजनक सभागिता भएको महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिए ।

महोत्सवका बाबजुद पनि पोखरा र पोखरा वरपरका श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिताले आँफुहरुलाई निकै उत्साहित बनाएको थापाको भनाई छ । उनले अव महोत्सव समेत सकिने भएकाले सोमबार देखि भक्तजनहरुको सहभागिता झनै बढ्ने उल्लेख गरे । महायज्ञ मुल आयोजक समितिका संयोजक भक्त राज श्रेष्ठले युवा पण्डित कमल नयन गौतमका मुखारविन्दबाट संगीतमय प्रवचन सुन्नुको मज्जानै बेग्लै भएकाले पनि भक्तजनहरु रंगशाला तर्फ आकर्सित भएको उल्लेख गरे ।

उनले गुरुले अहिले सम्म अन्य संघ सस्थाले आयोजना गरेका महायज्ञमा पर्वचन गरेर प्राप्त गरेको रकम परोपकार महासंघ मार्फत समाज सेवामा लगाउनु भएको भन्दै उहाँले आँफै र विसुद्ध समाज सेवाका लागि गरिएको यज्ञ भएकाले भक्तजनको झनै आकर्षण बढेको धारणा राखे । बालआश्रम, गुरुकुल आश्रमको क्षमता वृद्धि,गौरक्षा ,अध्यात्मिक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सहयोग पु¥याउने उधेश्यले लगाइएको महायज्ञमा पारेपकार महासंघका समेत अध्यक्ष रहेका भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम स्वयम यो यज्ञका मुख्य कथा बाचक रहेका छन् ।

महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास गर्ने, यज्ञलाई कोषेढुङगाको रुपमा रुपान्तरण गर्न यज्ञ खर्चवाट शेष रहेको रकम क्षीरसागर अक्षयकोष स्थापना गर्ने, गौरक्षा अभियान, अन्र्तगतको नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउने उधेश्यले महायज्ञ लगाइएको हो ।

यही मंसिरको २९ गते सम्म चल्ने महायज्ञमा बाहिरी जिल्लाबाट आउने भक्तजनका लागि भोजन सहित आवास सुविधा समेत प्रदान गरिएको छ । महासंघले कल्पवृक्ष प्रवद्र्धन अभियान, गगास्वच्छता अभियान, धर्मशाला एवं अन्नक्षेत्र लगाएतका अभियान यस अघिनै सञ्चालन गरिसकेको छ ।

कमेन्टहरु
Loading...