नेपाली क्रिकेट टोलीको घोषणा

सागर राज तिमिल्सिना
पोखरा, २३ मंसिर/आइसिसि विश्व किकेटको छनौट चरणका लागी नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ । यस अगाडी टिममा भएका दुई जना बाहेक सबै खेलाडी टोलीमा परेका छन् । युएईमा भएको ट्वान्टी २० विश्वकप छनौट प्रतियोगितामा सहभागी राहुल विक र अमृत भटराई बैकल्पिक खेलाडीमा परेका छन् ।

पारस खड्काको कप्तानीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, शत्ति गौचन, बसन्त रेग्मी, प्रिथु बास्कोटा, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अभिनाश कर्ण टोलीमा छन् । त्यसै गरि नरेश बहादुर बुढाऐर, रामनरेश गिरी, अमृत भट्टराई र राहुल विक बैकल्पिक खेलाडीमा परेका छन् ।

न्यूजिल्याण्डमा जनवारी १३ देखि फेबुरअरी १ सम्म सन्चालन हुने ५० ओभरको विश्वकप छनौटका लागी क्यानले टोलीको घोषण गरेको हो । काठमाडौमा भएको जर्नी टु वल्र्ड कप क्रिकेट उत्कृष्ट प्रदर्शन गरेका बलर सोमपाल कामी र चोटका कारण ट्वान्टी ट्वान्टी टोलीमा नखेलेका पृथु बास्कोटा टिममा परेका हुन् ।

कमेन्टहरु
Loading...