आजदेखि ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता

पोखरा, २२ मङ्सिर। कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा आइतबारदेखि पोखरामा ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु हुँदैछ।

लिगकम नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा छात्रतर्फ ११ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको छ।पोखरा र·शालास्थित बास्केटबल कोर्टमा हुने उद्घाटन खेलमा छात्रतर्फ डिफेडिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम लामाचौरबीच हुने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए।

प्रतियोगिता सञ्चालन गर्न सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरेको छ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने तथा करिब एक लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष छात्रतर्फ मनकामना बोर्डिङ स्कुल तथा छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि प्रथम भएका थिए।

कमेन्टहरु
Loading...