सागरराज तिमिल्सिना
पोखरा, २२ मंसिर/युरोपेली युनियनले नेपालमा उडान गरिरहेका सम्पुर्ण वायुसेवा कम्पनिलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको खबरले पर्यटन व्यवसायी चिन्तित भएका छन् । आयोगले युरोपेली नागरिकलाई नेपालका जहाजमा यात्रा नगर्न आग्रह गरेको खबरले आफुहरुलाई चिन्तित तुल्याएको पर्यटन व्यवसायीको गुनासो छ ।पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्माले पर्यटन व्यवसायमा इयुको खबरले निकै दुखि बनाएको बातए । पर्यटन क्षेत्रमा इयुको खबरले निकै नै नकारात्मक असर पार्ने उनको भनाई छ । पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले इयुको खबरले नेपालको पर्यटन क्षेत्रमा ठुलो धक्का लाग्ने बताए । नेपाली आकाश सुरक्षित नभएको भन्ने अन्तर्राष्ट्रियस्तरको गुनासोलाई सम्बन्धित निकायले सम्बोधन गर्नुपर्ने उनले बताए । सापकोटाका अनुसार पोखरा आउने मध्ये यूरोपियन पर्यटकको हिस्सा ५० प्रतिशत भन्दा माथि हुन्छ ।
व्यवसायीका अनुसार युरोपेली पर्यटक बढि पैसा खर्च गर्ने र गुणस्तरीय पर्यटकको रुपमा परिचित छन् । बढि पैसा खर्च गर्ने पर्यटकको अभाव हुँदा पर्यटन क्षेत्रकै ठुलो लगानी जोखिममा पर्नसक्ने व्यवसायीको चिन्ता छ । टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष नारायण सापकोटाले इयुको निर्णयले नेपालको पर्यटन क्षेत्रमा ठुलो धक्का पुग्ने बताए ।
