वृद्धाआश्रममा विद्यार्थीको सहयोग

पोखरा, २२ मंसिर/पोखरा विश्वविद्यालय लेखनाथका विद्यार्थीहरुले च्यारिटी शोमा संकलन भएको रकमवाट शनिवार वृद्धाआश्रममा सहयोग गरेको छ । विश्व विद्यालयको बि.बि.ए चोथौ सेमेष्टर सेक्सन बिका विद्यार्थीले च्यारिटी शोवाट संकलन भएको रकमवाट लेखनाथ–१३  लामेआहालमा रहेको राधाकृष्ण वृद्धाआश्रममा सहयोग गरेको हो  । ३४ थान सुईटर र फलफूल गरी १० हजार बरावरको सामग्री वितरण गरेको बि.बि.ए चोथौ सेमेष्टर सेक्सन बिका विद्यार्थी पुर्ण नेपालीले जानकारी दिए । विद्यार्थीको एक टिमले वृद्धाआश्रममा पुगि फलफूल तथा कपडा वितरण गरेकोमा वृद्धाआश्रमका अध्यक्ष प्रेम लिगलले धन्यवाद दिएका थिए । उनले युवा विद्यार्थीहरुले वृद्धाआश्रम प्रति गरेको माया र सदभावलाई खुलेर प्रशसा गरेका थिए ।

कमेन्टहरु
Loading...