पोखरा, २२ मंसिर/कास्कीको माझठाना गाविसस्थित साना किसान सहकारी संस्थाले आउ“दो माघमा कृषि महोत्सव तथा प्रदर्शनी आयोजना गर्ने भएको छ । संस्थाको शुक्रबार बसेको बैठकले माघ ३, ४ र ५ गने महोत्सव तथा प्रदर्शनी आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव आयोजना गर्न सहकारीका अध्यक्ष श्रीकृष्ण लामिछानेको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सूर्यप्रकाश तिवारी संयोजक रहेको अर्थ संकलन उप–समितिसमेत गठन भएको छ । त्यस्तै प्रचारमा दयाराम तिवारी, व्यवस्थापनमा पदमप्रसाद पौडेल, अतिथि सत्कारमा चेतकृष्ण भूर्तेल, युवा परिचालनमा राधाकृष्ण तिवारी, अनुगमनमा इन्द्र खत्री, खाजा तथा जलपानमा रामचन्द्र तिवारी, कृषक समूह परिचालनमा अम्बिका बुढाथोकी र सुझाव संकलन तथा दर्ता उप–समिति संयोजकमा सोमलाल तिवारी चयन भएका छन् ।
महोत्सवको सदस्य सचिवमा पुष्पराज लामिछाने छन् । गत वर्ष पनि माझठानाको साना किसान सहकारीले कृषि मेला आयोजना गरेको थियो । गाउ“का किसानको उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव तथा प्रदर्शनी आयोजना गरि“दै आएको प्रचार संयोजक दयाराम तिवारीले बताए ।
२०८१ पुष ८ गते सोमबार