स्याङ्जा, २२ मंसिर /स्याङ्जा सदरमुकाबाट पहिलोपटक सञ्चालन हुन लागेको ग्लोवल टेलिभिजनको आयोजनामा एक हप्ते टेलिभिजन पत्रकारिता तालिम आजबाट सुरु भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र सञ्चारको विकासमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन हुन लागेको टेलिभिजनले युवाहरुको व्यत्तित्व विकास गर्नका लागि तालिम आयोजना गरेको जनाएको छ । तालिममा स्याङ्जा तथा काठमाण्डौका चर्चित सञ्चारकर्मीले सहजीकरण गरेका छन् । तालिममा टेलिभिजनका सञ्चालक इन्द्र गोदारले तालिमले युवाहरुको व्यत्तित्व विकास हुनुका साथै स्याङ्जाको विकासमा टेवा पुग्ने बताए ।
तालिममा सञ्चालकहरु प्रकाश डोटेल, रोशन लामिछाने लगाएतले तालिमका बारेमा जानकारी दिएका थिए । स्याङ्जा तथा आसपासका जिल्लामा समेत हेर्न सकिने टेलिभिजन पुस मसान्तसम्ममा सञ्चालन हुने सञ्चालक समितिले जनाएको छ । तालिममा ५० जना युवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन तालिमका संयोजक लोकराज भण्डारीले गरेका थिए ।
