मण्डेलाको निधनमा दक्षिण अफ्रिकामा एक हप्ते शोक

46664 Concert: In Celebration Of Nelson Mandela's Life - Performanceकाठमाण्डौ २२ मंसिर । दक्षिण अफ्रिकाले आफनो पूर्व राष्ट्रपति तथा रङ्गभेद विरोधी नेता नेल्सन मण्डेलाको निधनमा एक हप्तासम्म शोक मनाउने भएको छ । सर्वसाधारणलाई श्रद्धान्जलि दिनका लागि मण्डेलाको पार्थिक शरीरलाई रङ्गशालामा राखिने भएको छ ।

उनको अन्त्येष्टि अर्को शनिबार मात्र गरिने कार्यक्रम बनेको छ । पूर्व राष्ट्र्पति मन्डेलाको ९५ वर्षको उमेरमा हिजो उनकैै निवास जोहन्सवर्गमा निधन भएको थियो । मण्डेलाको निधनमा संसारभरका राजनेताहरूले समवेदना व्यक्त गर्ने क्रम जारी छ । दक्षिण अफ्रिाका नागरिकहरू ठूलो सङ्ख्यामा मण्डेलाको निवासमा भेला भएर शोक मनाइरहेका छन् ।

रंगभेद विरोधी आन्दोलनको नेतृत्व गरेको आरोपमा मण्डेलालाई तत्कालीन दक्षिण अफ्रिकी सरकारले २७ वर्ष जेल सजाय दिएको थियो । उनि सन् १९९० मा आजीवन कारावासबाट भएका थिए । मानवका लागि दिएको योगदानको कदर गर्दै मण्डेलालाई सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो ।

उनि अश्वेत जातिबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । अश्वेत जातिको मुक्तियोद्धा नेल्सन मण्डेलाको नाम विश्वभर श्रद्धा र सम्मानसाथ लिने गरिन्छ ।

कमेन्टहरु
Loading...