मेलामा एकैदिन ३२ हजार दर्शक

पोखरा, २९ मंसिर/पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा आज मात्रै ३२ हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । मेला समापनको दिन नजिकिँदै गर्दा र शुक्रबार पनि भएकोले मेलामा अन्य दिनभन्दा बढी भीड भएको हो । यसैगरी मेलामा ३ करोड २५ लाखको कारोवार पनि भएको छ । मेलाको हालसम्म  १ लाख ८२ हजारले अवलोकन गरेका छन् भने १६ करोड ५० लाखको कारोवार भएको आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले जानकारी दिए ।  यता मेला अन्तर्गत संचालित सामूहिक लोकनृत्य प्रतियोगिता कास्की मोर्डनाइज्ड बोर्डिङले जितेको छ । प्रतियोगितामा सूर्योदय बोर्डिङ दोस्रो, कञ्चनजंघा बोर्डिङ तेस्रो तथा कुमुदिनी होम्स उच्च मावि र स्टेपवाई स्टेपले संयुक्तरुपमा सान्त्वना पुरस्कार हात पारे ।

बिजेताहरुले क्रमश १५ हजार ११ हजार ७ हजार र २÷२ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट भेषभुषामा पुरस्कृत रेम्बो एकेडेमीले पनि २ हजार नगद प्राप्त ग¥यो ।  यसैगरी मेला अन्तर्गत नै भएको खुल्ला एकल नृत्य प्रतियोगितामा शिशुकल्याण बोर्डिङकी सोनी गुरुङ पहिलो भएकी छन् । प्रतियोगितामा राइजिङ स्टारकी अमृता सुनार दोस्रो, सरस्वती विद्याश्रमकी सविता गुरुङ तेस्रो र  कास्की मोर्डनाइज्डका रेचल गुरुङले सान्त्वना स्थान प्राप्त गरे । उनीहरुले क्रमशः ६ हजार ३ हजार २ हजार र १ हजार रुपैया नगद पुरस्कार पाए ।

मेला अन्तर्गत शनिबार हाँस्यकलाकारहरु सुरज भिरखोइरे, रामचन्द्र रेग्मी, युवराज भण्डारी, राजेन्द्र नेपाली तथा पपगीततर्फ धर्मेन्द्र सेवान, रजनी राई लगायतका कलाकारहरुको सहभागिता रहने छ । लोकगीततर्फ भने कोमल ओली, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रजापति पराजुलीले दर्शकलाई मनोरञ्जन दिएका छन् । लोकदोहोरी प्रतियोगिता अन्तर्गत भने निश्चल दवाडीको समूह र राष्ट्रिय लोदोहोरी गीत प्रतिष्ठान कास्कीको वि समूहबीच प्रतिष्पर्धा हुनेछ ।

कमेन्टहरु
Loading...