अन्तराष्ट्रिय लियो दिवसमा दिप प्रज्वलन

पोखरा, २० मंसिर/५६ औ अन्तराष्ट्रिय लियो दिवसको अवसरमा पोखरामा शान्तिदिप प्रज्वलन सम्पन्न भएको छ । लियो क्लव अफ पोखरा अन्नपूर्णको आयोजनामा पोखराको महेन्द्रपुल स्थित लियो आइल्याण्डमा शान्तिदिप प्रज्वलन गरिएको हो ।

leoउक्त कार्यक्रममा वोल्दै लियो डिष्ट्रिक ३२५ बी १ नेपालका प्रमुख सल्लाहकार लियो नबिनराज वरालले नेतृत्व ब्यक्तित्व बिकास संगै सामाजिक बिकासमा लियोले खेलेको भूमिका महत्वपूर्ण भएको वताउदै यस्ता सामाजिक संस्थाहरुसंग राज्यले सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । लियो क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष अनिरुद्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष उमाकान्त रिजाल, क्लवका सचिव शिव पौडेल, ईश्वर कोइराला, कृष्ण आचार्य लगायतका बक्ताहरुले लियोबादका वारेमा आ आफ्ना धाराणा राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...