पोखरा, २० मंसिर/पोखरामा क्रियाशील विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ ।इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा मंसिर २० गते सम्पन्न बैठकले आगामी मंसिर २५ गते (ज्ञण् म्भअझदभच) ६५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग, शान्तिका लागि नागरिक समाजको सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, गैसस महासंघ, स्थानीय शान्ति समिति, अपाङ्ग महासंघ लगायतको मुख्य आयोजनामा मंसिर २५ गते विहान ८ बजे मानवअधिकारचोकमा भेला भइ चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहको प्राङ्गणमा समापन हुने गरी प्रभातफेरी कार्यक्रम गरिने भएको हो ।
बैठकलेसम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई आफ्नो पहिचानको व्यानर सहित उक्त कार्यक्रममा सहभागीताको लागि आग्रह गरेको छ । यसैगरी शान्तिको लागि नागरिक समाजको सञ्जाल, सुशासनको लागि नागरिक समाज र इन्सेकको संयुक्त आयोजनामा मंसिर २४ गते भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (ढ म्भअझदभच) मनाउने निर्णय गरिएको छ ।
