सिद्ध गाविसमा खाद्यको अधिकार बारेमा अन्तरक्रिया

पोखरा, २० मंसिर/इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा खाद्यको अधिकार बारेमा अन्तरक्रिया कार्यक्रम मंसिर २० गते सिद्ध गाविसमा सम्पन्न भयो । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो ।कार्यक्रममा सहभागीहरुले खाद्यअधिकारलाई प्रवद्र्धन गर्न कृषि कार्यालय, सरोकारवाला संस्थाहरुले सहयोग गर्नु पर्नेमा जोड दिए । उनीहरुले जेटीएको व्यवस्था हुनु पर्ने, उन्नत खालको वीउको व्यवस्था गरी बेमौसमी खेतीको लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत गंगाबहादुर थापाले खाद्यअधिकार र सरकारको प्रावधान बारेमा सहजीकरण गर्दै, गाविसमा कृषि प्रवद्र्धनको लागि स्थानीयवासी सामुहिक रुपका अगाडि बढ्नु पर्नेमा जोड दिदै कृषि कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गाविसका सचिव मोहदत्त खनालले कृषिको लागि रु. ३० हजार निकासा गरिसकेको बताउदै सबैको पहलमा खाद्यअधिकार सुनिश्चित गर्न आग्रह गरे ।
कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम संयोजक शवनम शर्मा, मानवअधिकार निगरानी समुह सिद्धका अध्यक्ष अमृतबहादुर आचार्य, सदस्य सुरेन्द्रबहादुर बस्नेत, बुद्धिजीवी परिषदका सदस्य हिमालय पराजुली, नरबहादुर मल्ल, ग्रामीण कृषि कार्यकर्ता श्रीबहादुर जिसी लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...