नारायण गोपालको स्मृतिमा पोखरामा साँगीतिक कार्यक्रम (फोटो फिचर सहित)

पोखरा, १९ मंसीर /स्वरसम्राट नारायण गोपालको २३ औं स्मृति दिवसको अवसरमा आज देश भरी विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाईदै छ । यसै क्रममा पोखरामा पनि “नारायण गोपाल स्मृति साँगीतिक कार्यक्रम २०७०” भब्यताका साथ सम्पन्न भएको छ । पोखराका संगितकमीहरुले बुधवार विन्ध्वासिनी स्थित पुरानो माल अड्डा प्राङ्गण परिसरमा भेला भई स्वर्गीय स्वरसम्राट नारायण गोपालको स्मरण गर्दै आ–आफ्नो प्रस्तुतीः राखेका थिए । naran gopal (2)बरिष्ठ गायक तथा संगितकार सरोज गोपाल बज्रचार्यले स्वरसम्राट नारायण गोपालले गायको गित सारा दिन अरुको लागि बाँढे सायद यी रात मेरा …….भन्ने बोलको गित गाउदै सांगितीक कार्यक्रमको उद्घाटन गर्नू भएको हो । स्वरसम्राट नारायण गोपालको बारेमा चर्चा गर्दै बज्रचार्यले आफ्नो कलाकारीताको क्षेत्रमा लाग्दा सफल हुनु भएका नारायण गोपाल जस्ता कलाकारको ठाँउ खाली भएको बताउनु भयो । उहाँले शुन्यताको ठाँउमा नयाँ कलाकारहरुले स्थान लिनसक्नु पर्नेमा जोड दिदै गित, संगितमा क्लासीकल वेस आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा रामभक्त जोजिजु, ईतु जोजिजू, डाक्टर मितु पाल, बाबा राणा बज्राचार्य, विनोद बानिया, सुवर्ण बज्रचार्य लगायका कलाकारको विशेष प्रस्तुती गर्दा कार्यक्रम थप रोचक भएको थियो । स्वरसम्राट नारायण गोपालको स्मृतिमा पोखरामा विभिन्न संगितसम्वद्ध संघ संस्थाहरुको आयोजनामा आयोजित उक्त कार्यक्रम भब्यरुपमा सफल भएको कार्यक्रम संयोजक एवम जोजिजु म्युजिक सेन्टरका संस्थापक एवं गायक विनित जोजिजुले बताउनु भयो ।
पोखराका संगीत प्रशिक्षण संस्थाहरु संगीत प्रशिक्षण केन्द,्र शारदा संगीतालय, सयपत्री संगीत प्रशिक्षण केन्द्र, जोजिजु म्युजिक सेन्टर, त्रिवेणी संगीतालय र गुरुकुल संगीत कलाकेन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा आवद्ध आयोजक संस्थाहरुको तर्फबाट नारायण गोपालका कालजयी आधुनिक गीतहरु प्रस्तुत भएकोे जोजिजुले जनाए ।
कार्यक्रमलाई सफल बनाउन सुरेन्द्रमान बिजुच्छे, श्यामलाल श्रेष्ठ, खगेन्द्रराज पराजुली, गौतम बिजुच्छे, नवराज बराल, तिर्थराज पोख्रेल, विमल श्रेष्ठ, मितु पाल, राजा मुखिया, श्रीमान थुलुङ्ग, लाक्पा लामा सहितको समिति गठन भएको थियो । संगित प्रशिक्षण केन्द्र पोखराको अगुवाईमा आयोजना भएको उक्त कार्यक्रम संगीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीको रजत महोत्सव को अवसरमा आयोजना भएको हो ।
कार्यक्रमका सल्लाहकार संगीतकर्मी कृष्ण बहादुर श्रेष्ठले अग्रज कलाकारको कृतिको मर्म तथा भाव बुझ्न सके सांगितिक क्षेत्रमा लाग्ने कलाकारलाई सहज हुने बताउनु भयो । संगित प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भने सचिव खगेन्द्रराज पराजुलीले गर्नू भएको थियो ।
कार्यक्रममा श्रीमान थुलुङ, धनबहादुर गायक, नवराज बराल, जगन थापा, राजन मुखिया, श्याँमलाल श्रेष्ठ लगायतका कलाकारहरु बाध्यवादनमा रहनु भएको थियो । कार्यक्रममा संगित प्रशिक्षण केन्द्रबाट पाण्डप गुरुङ, लाक्पा लामा, जोजिजू म्युजिकबाट भक्ति गुरुङ, करण तामाङ देवकि गिरी, गुरुकुल प्रशिक्षण केन्द्रबाट सरोज पहारी, प्रमेश बराल, सयपत्री संगित प्रशिक्षणबाट श्रीमान थुलुङ, हेमराज राई, संगिता नेपाली, त्रिवेणी संगित प्रशिक्षणबाट सरुण गुरुङ, नरजंग गुरुङ, संगित प्रशिक्षण केन्द्रबाट प्रमिस थापा, विना पुन लगायतका कलाकारले नारायण गोपालको स्मृतिमा उहाँले गायका गितहरु गुनगुनाउनु भएको थियो । उक्त कार्यक्रमको रेडियो अन्नपुर्णले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
स्वरसम्राट नारायण गोपालको २०४७ साल मंसीर १९ गते निधन भएको थियो । नेपाली सुगम संगीतको लागि स्मरणीय गायक÷संगीतकार अपरीभाषित गुणशाली श्रष्टा नारायण गोपालले स्वरसम्राटको उपाधि जनस्तरबाट नै पाउनु भएको हो । २०४७ मंसिर १९ गते यस धर्तिबाट विदा लिए पनि स्वर सम्राट नारायण गोपालले संगित क्षेत्रमा पुराएको योगदानलाई नेपालीहरुले कहिले पनि भुल्न सक्दैनन । “ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउँला ।”  यस्ता गित सुने पछि अधिकाशं मोहित हुने नै गर्छन् ।
बुबा सितारबादक आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सुपुत्रको रुपमा नारायण गोपाल विक्रम सम्बत १९९६ असोज १८ गते वुधवार काठमाण्डौमा जन्मनु भएको थियो । स्वरसम्राटले करिब १ सय ४५ गीतमा स्वर र संगीत दिनु भएको छ । तस्वीर ः दिननाथ बरालnaran gopal (1) naran gopal (3) naran gopal (4)

कमेन्टहरु
Loading...