दुई माओवादी एक हुँदै

पोखरा, १९ मंसिर/नेकपा–माओवादीले ुकम्युनिस्ट ध्रुबिकरणुका लागि पहल गर्ने भएको छ । केन्द्रीय समितिको एजेन्डा तय गर्न बसेको पोलिट्व्युरो बैठकले कम्युनिस्ट ध्रुबिकरणको पहल गर्ने निर्णय गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

नेकपा–माओवादीनिकट स्रोतका अनुसार सोमबार राति सकिएको पोलिटव्युरो बैठकले राजनीतिक र सांगठनिक एजेन्डा तय गरेको छ ।
बैठकले सांगठनिक हिसाबले अब कम्युनिस्ट ध्रुविकरणका लागि पहल गर्ने एजेन्डा तय गरेको र सो एजेन्डा केन्द्रीय समितिबाट पारित गराउने निर्णय गरेको स्रोतले बतायो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाएर अगाडि बढाउनुपर्ने आजको आबश्यकता भएको ठहर गर्दै पोलिटव्युरो बैठक कम्युनिष्ट धु्रबिकरणमा जाने निष्कर्षमा पुगेको सो पार्टीका एक पोलिटव्युरो सदस्यले बताए ।
यसअघि एमाओवादीले कम्युनिष्ट धु्रबिकरणका लागि भन्दै बिभिन्न पार्टीसँग एकता गर्दै आएको थियो ।
केन्द्रीय समिति बैठकबाट कम्युनिस्ट ध्रुवीकरणको प्रस्ताव पारित गरे एमाओवादीसँग एकताको लागि बाटो खुल्ने नेकपा–माओवादीका एक केन्द्रीय सदस्यको भनाइ छ।

कमेन्टहरु
Loading...