रोटरी क्लव अफ लेखनाथद्धारा भ्याक्सीन तथा मौरीपालन

लेखनाथ मंसिर १८ /लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले आधुनिक कृर्षि जन्य उत्पादनमा जोड दिन कृषकहरुलाई आग्रह गरेका छन् । रोटरी क्लव अफ लेखनाथ र रोट्र¥याक्ट क्लव अफ लेखनाथको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा संचालित मौरीपालन व्यवस्थापन सम्वन्धी पाँच दिने तालिमको समापनमा वोल्दै गिरीले राज्यले समेत ठुलो लगानी कृर्षि क्षेत्रमा गरेको उल्लेख गर्दै, त्यसको फाइदा लिन समेत सुझाव दिए ।
अध्यक्ष गिरीले लेखनाथ क्षेत्र कृषिको पकेट एरिया रहेको उल्लेख गर्दै, मौरीपालनको समेत राम्रो संभावना भएको वताए । लेखनाथमा ठुलो मात्रामा वाहिरबाट महको आयात हुने गरेको स्पष्ट पार्दै तालिममा सहभागी कृषकहरुलाई व्यवसायीक हिसावले मौरी पालन गर्न आग्रह गरे ।
रोटरी क्लव अफ लेखनाथका अध्यक्ष विश्वप्रसाद कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयन शिवमणि भण्डारी र माधव भण्डारी, पत्रकार नवराज सापकोटा, प्रशिक्षक धनवहादुर राना लगायतले तालिममा सिकेका शिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । सहभागीको तर्फबाट नारायण प्रसाद भण्डारी र लक्ष्मी तिवारीले व्यवसायीक मौरी पालनका लागि तालिम उपलब्धी मुलक भएको वताएका थिए । कार्यक्रमको संचालन रोटरियन बद्रीनाथ पौडेलले गरेका थिए । तालिममा लेखनाथ र भरतपोखरी क्षेत्रका गरी २२ जनाको सहभागिता रहेको थियो ।
यसैविच क्लवकै आयोजना तथा पशुसेवा केन्द्र शिशुवाको प्राविधिक सहयोगमा भुस्याहा कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिनेसन गर्ने कार्यक्रम समेत सम्पन्न भएको छ । नगरक्षेत्र भित्र भुस्याहा कुकुरको संख्यामा वृद्धि भएकाले नगरवासीहरुलाई संभावित खतराबाट वचाउनका लागि ३० भन्दा वढी कुकुरालाई रेविज विरुद्धको भ्याक्सिनेसन गरिएको कार्यक्रम संयोजक बद्रीनाथ पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...