महोत्सवमा गृहणी नृत्य प्रतियोगिता शुरु

पोखरा, १९ मङ्सिर /पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी दोस्रो सिटी रेवान महोत्सव तथा फुड
फेष्टिबलमा मङ्गलबारदेखि गृहणी नृत्य प्रतियोगिता शुरु भएको छ।
प्रतियोगितामा १५ जना गृहणी महिलाको सहभागिता रहेको छ। प्रतियोगितामा
पहिलो हुनेलाई तिलहरी र दोस्रो हुनेलाई चन्द्रमा पुरस्कार स्वरुप प्रदान
गरिने छ। महोत्सवमा मङ्गलबार सो प्रतियोगिता आकर्षण बनेको थियो।
महोत्सवमा साङ्गितिक कार्यक्रम र पिङ पनि आकर्षण बनिरहेको छ।
मङ्गलबार मात्र झण्डै दश हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजक
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशनका महासचिव एवं प्रचार प्रसार
समितिका संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए।
महोत्सवमा बढ्दै गइरहेको सहभागितासँगै उत्साहित बनिरहेका छौ उपाध्यक्ष एवं
सांस्कृतिक कार्यक्रम संयोजक पार्वती जि.सीले भनिन् – महोत्सवका बाँकि
दिनहरुमा क्रमिक रुपमा चर्चित कलाकारहरु पशुपति शर्मा, शर्मिला गुरुङ, राजु गुरुङ,
मञ्जु महत र हेमन्त शर्माको प्रस्तुती राख्दै जाने छौ।
उनका अनुसार मङ्गलबार कृष्ण गुरुङ, चन्द्र शर्मा, मञ्जु वि.क, सुरेन्द्र गुरुङ,
लक्ष्मी सुवेदी र रामजी पौडेलले साङ्गितिक कार्यक्रममार्फत दर्शकलाई भरपुर
मनोरञ्जन दिएका थिए। पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास
गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्ने छ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाको
टिकट व्यवस्था गरिएको छ। महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको
खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य
बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त
कलाकारहरुको प्रस्तुती रहेको छ।

कमेन्टहरु
Loading...