प्रचण्डले धाँदली गरेर चुनाव जितेको भन्दै अदालतमा उजुरी

काठमाडौ,१८ मंसिर/सिराहा क्षेत्र नम्बर ५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध बुथ कब्जा गरेर जितेको भन्दै संविधानसभा अदालतमा उजुरी परेको छ । प्रचण्डका निकटतम प्रतिद्धन्दी एवम् एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित मंगलबार अदालतमा उजुरी दिनु भएको हो ।

उजुरीपछि पत्रकार उम्मेदन गरेर श्रेष्ठले दुई गाविसका तीन मतदान केन्द्र अन्तर्गतका ६ वटा बुथ कब्जामा लिएर एमाओवादीले अरुलाई मत हाल्नै नदिई सबै आफ्नो पक्षमा हालेको दावी गर्नुभयो ।

कल्याणपुर कालाबन्जर गाविसको प्राथमिक विद्यालय कल्याणपुर काला बञ्जर मतदान केन्द्रको क र ख बुथ, सोही गाविसको वडा नम्बर ८ र ९ अन्र्तगतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथ गरी दुई गाविसका ६ बुथ कब्जा गरिएको उहाँको दावी छ । कब्जा गरिएका क्षेत्रमा पुन मतदान गराउन माग गर्दै उहाँले पुन मतदान गराइए आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभयो ।

कमेन्टहरु
Loading...