पोखरा, १८ मंसिर /इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, महिला मानवअधिकार रक्षक सञ्जालको आयोजना र देउराली गाविसको सहयोगमा महिलाहिंसा विरुद्धको १६ दिने अभियान र अपाङ्ग दिवस विषयक अन्तरक्रिया कार्यक्रम मंसिर १८ गते देउराली गाविसमा सम्पन्न भएको छ । कार्यक्रममा गाविसस्तरबाट नै महिलाहिंसा न्यूनीकरणका गर्नको लागि राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।नेपाली काँगे्रसका सदस्य रविराज घिमिरे, नेकपा एमालेका सदस्य दामोदर घिमिरे, एनेकपा माओवादीका सदस्य हरिप्रसाद श्रेष्ठले गाविसस्तरबाट महिलाहिंसा न्यूनीकरणको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै महिलाहिंसा न्यूनीकरण गर्न सचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिए । देउराली गाविसका सचिव नारायणप्रसाद अधिकारीले गाउँस्तरमा भएका महिलाहिंसाका घटना अभिलेखीकरण गर्ने बताए ।
देउराली प्रहरीचौकीका इञ्चार्ज असई रामप्रसाद खनालले महिलाहिंसा न्यूनीकरणको लागि आम सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम संयोजक शवनम शर्माले महिलाहिंसाको स्वरुप र अधिवक्ता जूनाकुमारी गुरुङले महिलाहिंसा र कानुनी प्रावधानका विषयमा सहजीकरण गरेका थिए ।
देउराली गाविसका सचिव नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नागरिक मञ्च वडा नम्बर ३ का संयोजक अप्सरा श्रेष्ठले स्वागत र सामाजिक परिचालक दमन्ता पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।