घान्द्रुकको घुर्जुङ्ग प्राविलाई हङकङ र जापानवासीको आर्थिक सहयोग

मंसिर २८ गते, घान्द्रुक/कास्कीको पर्यटकिय गाँउ घान्द्रुकवाट हङकङ्ग तथा जापानमा गई वसोवास गरेका घान्द्रुकवासीले स्थानिय विद्यालयलाई ३ लाख ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । घान्द्रुक गाविसको घुर्जुङ्ग प्राविको भवन निर्माणको लागि उनीहरुले रकम संकलन गरी पठाएको स्थायिन रोँधी क्लवले जानकारी दिएको छ ।
विद्यालयको लागि हङकङवाट १ लाख ८२ हजार र जापानवाट १ लाख ६१ हजार ८ सय रुपैयाँ आएको हो । घान्द्रुकमा विषेश कार्यक्रम गरी घान्द्रुक समाज हङकङका अध्यक्ष चन्द्र गुरुङ्गले रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्थानिय मेश्रोवराह माविका भूतपूर्व प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई व्रेजो मेश्रो सम्मान प्रदान गरिएको थियो ।

पौडेललाई विद्यालयका भूतपूर्व विद्यार्थीहरुले ९९ हजार ९ सय ९९ रुपैयाँ र कदरपत्र सहित सम्मान गरेका थिए । पौडेलले ३५ वर्ष एउटै विद्यालयमा पढाएर गएको जेठमा अवकाश लिएका थिए । आर्थिक सहयोग तथा सम्मान कार्यक्रममा रोँधी क्लवका अध्यक्ष पूर्णप्रसाद गुरुङ्ग, घान्द्रुक समाज हङकङका अध्यक्ष चन्द्र गुरुङ्ग, भूतपूर्व प्रधानाध्यापक कृष्ण पौडेल, घुजुङ्ग प्राविका हेडमास्टर ऋषिराम तिमिस्सीना, अमर गुरुङ्ग, अमृत गुरुङ्ग लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...