मंसिर १८, पोखरा र धार्मिक तथा समामाजिक सेवा भ्रमणको लागि पोखरा आएका विभिन्न देशका विद्यार्थीहरुकाबीचमा एचआइभी एड्स सम्बन्धी वृत्तचीत्र प्रदर्शन गरिएको छ ।
क्यानाडा, पाकिस्तान, बंगलादेश, रसिया र नेपालका समेत गरि करिव ४० जना विद्यार्थीहरुको बीचमा वृत्तचीत्र प्रदर्शन गरिएको हो । एड्स रोग नियन्त्रण संघ कास्कीद्धारा पोखरामा आयोजित कार्यक्रमको युपिएफ नेपाल क्षेत्रीय कार्यालय पोखराले प्रर्दशनका लागि व्यवस्थापन गरेको हो ।
सो अवसरमा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनले सहभागिहरुलाई स्वागत गर्दै विश्वमा अप्रत्याशित रुपमा फैलिएको एचआइभी एड्सबाट बच्न सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । रिलिजियस पिस सर्भिसका संयोजक प्रिया रत्न महर्जनले एचआइभी एड्स सम्बन्धी वृत्तचीत्रले युवायुवातीहरुलाई चेतना जगाउन सहयोग पुग्ने बताउनुभयो । वृत्तचीत्र प्रदर्शनी पछि सहभागिहरुले वृत्तचीत्र एचआइभी एड्स विरुद्धको अभियानको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
पर्यटकीय नगरि पोखरामा धार्मिक तथा सामाजिक सेवाका साथै अध्ययन भ्रमणका लागि आएको सो टोलीको नेतृत्व रिलिजियस पिस सर्भिसका संयोजक प्रिया रत्न महर्जनले गर्नुभएको थियो ।