शिक्षा र सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्र्द दृष्टिविहिन सापकोटा सम्मानित

मंसिर १८, पोखरा शिक्षा र सञ्चारको क्षेत्र मार्फत अपाङ्गतका क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित भइ
उल्लेखनीय योगदान पु¥याएको भन्दै पोखराका दृष्टिविहिन श्रीकान्त सापकोटा
सम्मानित हुनुभएको छ ।
२२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मुल समारोह समितिले चन्द्रकुमार
भट्टराइ नेत्रहिन प्रतिभा पुरस्कारद्धारा सापकोटाद्धारा सम्मानीत हुनुभएको हो ।
महिला बालबालीका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधान, मन्त्रालयका सचिव
दिनेशहरि अधिकारीले सयुंक्त रुपमा खादा, प्रमाणपत्र र नगद सहित सम्मान
गर्नुभएको हो । समाजकल्याण परिषद अन्र्तगत राष्ट्रिय अपाङ्ग कोषद्धारा
सञ्चाालित पुरस्कारको राशी ५ हजार १ नगद रहेको छ ।
२०६६ सालदेखि श्री संस्कृत मा.वि. पोखरामा दृष्टिविहिन नि.मा.बि.मा राहत
अंगे्रजी विषय शिक्षकका रुपमा कार्यरत सापकोटा २०६९ सालबाट पृथ्वी नारायण
क्याम्पसमा शैक्षिक योजना तथा व्यवस्थापन विषयमा अध्यापनरत हुनुहुन्छ ।
कास्की नेत्रहीन संघको विभिन्न पदमा र दुई पटक सचिब पदमा रही हाल दोश्रो
कार्यकाल समालीरहेका सापकोटा यसअघि २०५९ को अन्तराष्ट्रिय अपाङ्ग दिवसमा समेत
सम्मानित हुनुभएको थियो । साथै २०६३ सालको अन्तराष्ट्रिय अपाङ्ग दिवसको
अवसरमा महिला तथा बालबालिका कार्यालय कास्की लगायत विभिन्न शैक्षिक तथा सञ्चार
क्षेत्रबाट सम्मानित भइसक्नुभएको छ ।
उहाँले २०५८ सालबाट पोखराको सामुदायीक
रेडियो हिमचुली एफ एम मा नेपाल कै पहिलो दृष्टिविहिन कार्यक्रम
प्रस्तोताका रुपमा दृष्टि चेतना कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सापकोटा
हाल रेडियो बाराहीमा कार्यरत हुनुहुन्छ । कास्कीको थुमाको डाडा
गा.वि.स.को तारकाङ्गमा २०४३ साल श्रावण ६ गते जन्मिएका सापकोटा ५ वर्षको
उमेरमा रतन्धोका कारण दृष्टिबिहिन हुनुभएको थियो ।
तस्बिर पनि छ ।

कमेन्टहरु
Loading...