युनिभर्सको स्पोर्टस् मिट सम्पन्न

पोखरा, मङ्सिर १८ गते ।
कास्कीको लेखनाथ–१३, जनताको चौतारास्थित युनिभर्स इङ्लिस बोर्डिङ स्कुलले
आफ्नो वार्षिक कार्यतालिकाअनुसार स्पोर्टस मिट सम्पन्न गरेको छ ।विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व
प्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा छुट्टाछुट्टै
प्रतियोगिताहरु सञ्चालन गरिएको शिक्षक प्रदिप पोखरेलले जानकारी दिनुभयो ।
अन्तरसदनात्मक रुपमा सञ्चालित प्रतियोगिताहरुमा विद्यार्थीहरुले विभिन्न दूरीका
दौड, ढुङ्गा जम्मा गर्ने, कुर्ची घुमाइ, सियो धागो दौड, हिसाब दौड,
ज्याब्लिङ थ्रो, हाइजम्प, लङ्जम्प, फुटबल, ब्याडमिन्टन, बास्केटबललगायतका
खेलहरुमा आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।
 

कमेन्टहरु
Loading...