पोखरा, १८ मंसिर /समसामयिक बिषयहरुमा केन्द्रित रहेर प्रत्यक्षरुपमा सम्बन्धित संग साक्षात्कार गरि जनतालाई सुसुचित गर्दै आएको रिपोर्टर्स क्ल्ब नेपालको मुलुकभर संगठन बिस्तार गर्ने क्रममा पश्चिमाञ्चल क्षेत्रिय समितीको बिस्तार गरिएको छ ।क्षेत्रिय समितीमा क्लबका केन्द्रिय सदस्य एबं युनाइटेड दैनिकका प्रधानसम्पादक राज बहादुर गुरुङ्गको अध्यक्षतामा उपाध्यक्ष तरुण सुबेदी,सचिबमा ‐सराङ्गकोट साप्ताहिकका) यदुनाथ बञ्जारा लाई चयन गरिएको छ ।
त्यसैगरि सदस्यहरुमा रिपोटर्स क्ल्ब नेपालका तनंहुं शाखाका अध्यक्ष मदन वाग्ले, कान्तिपुर पब्लिकेशनका शिब शर्मा चञ्चल, स्याङ्गजा जिल्लाका युगबाणी साप्ताहिकका प्रदिप कोइराला,पोखरा एक्सप्रेसका जमुना शर्मा बर्षा, सगरमाथा टेलिभिजनका भुपाल गुरुङ्ग, रेडियो अन्नपुर्ण÷हिमालखबर पत्रिकाका माधब बराल,गण्डकी मिडिया हाउसका दिपक परियार र एबिसी टेलिभिजनका एमबी आस्था रहेका छन ।
क्लबको केन्द्रले क्षेत्रिय समितीलाई आबश्यकता अनुसार अन्य सदस्य तथा पदहरु हेरफेर गर्न सक्ने गरि स्थानिय जिल्ला शाखाहरुको अबस्था र त्यस क्षेत्रभरिमा शाखा नभएका जिल्लाहरुमा शाखा बिस्तार गरि यथासक्य चांडो यर्थाथ प्रतिबेदन पठाउन समेत निर्देशन गरेको छ ।