पोखरा, १८ मंसिर/तमु ल्होसारको अवसरपारी पोखरा १० बुद्ध शान्तिमार्गमा रहेको टांसी छ्योएलिङ गुम्बामा कङ्गयू्र पाठ तथा तानाघोसुम ( ग्रह शान्ति ) पुजा गर्ने भएको छ । बिगत १२ वर्षदेखि ल्होसारको अवसरमा आयोजना गर्दै आएको पुजालाई यस वर्ष हाम्रो चाहना विश्व शान्तिको कामना भन्ने मुल नाराका साथ पुजाको आयोजना गर्न लागेको हो ।तमु हरुको ल्होसार पर्व अन्तर्गत यो वर्ष घोडा वर्ग त ल्हो को अवसरमा आगामी पुस १ देखि १० गते सम आयोजना गर्न लागेको गुम्बाका प्रमुख गुरु आम्ची लामा गोपाल गुरुङ्गले जानकारी दिनुभयो । विश्वमा घटिरहेको हत्या हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस वर्तमान असहज परिस्थिती अन्त्य भइ दिगो शान्ति स्थापना होस भन्ने कामनाका साथै प्रत्येक वर्ष जस्तै १३ औ पटक घोडा बर्गको पुनित अवसरमा १० दिने कङ्गयूर पाठको आयोजना गर्न लागेको गुरु लामा गोपालले वताउनुभयो ।
उक्त कङ्गयूर पाठ तथा तानाघोसुम ( ग्रह शान्ति ) पुजाले सम्पूर्ण प्राणीहरुमा एकता तथा सद्भाव कायम गराउन सहयोग पुग्ने वताइएको छ ।
लामा गोपालले भने विगतका वर्षमा जस्तै यो वर्ष त ल्हो घोँडा वर्ग भएकाले यो वर्ष भरि कुनै हिंशाजन्य घटनाहरु नघटोस विश्वमा शान्ति छाओस भन्ने उद्देश्यका साथ पुजामा नेपालका विभिन्न जिल्लाहरुका ५० जना लामा गुरुहरुद्धारा दैनिक कङ्गयूर पाठ गराइने छ ।
बिगत १२ वर्षदेखि ल्होसारको अवसरमा आयोजना गर्दै आएको यस पटकको कङ्गयूर पाठ बाचनका लागी टाँसी छ्योलिङ्ग गुम्बाको मुल आयोजना रहेको छभने ब्रत आमा समुह टांसी छ्योलिङ्ग गुम्बाको सह सहयोग र घान्दु्रक ब्रेज मश्रो तमु समाज आठ भाइ बाह्र घर प्ल्हनेरो भाइखलकको सहयोग रहेको छ । कार्यक्रम अवधिभर दैनिकजसो विहान कङ्गयूर पाठ र सांझ ग्रह शान्ति पुजा कुरिम तथा ङोवा मलम मृत्आत्माको चिरशान्तिको लागी मोन्लम गरिने आयोजकले जनाएको छ ।