पार्दी दोजाङ्गद्धारा एचआइभी एड्स सम्वन्धि जनचेतामुलक

पोखरा, १७ मंसिर/कास्की जिल्ला तेक्वान्दो संघ मातहतको पार्दी दोजाङ्गले विश्व एड्स दिवसको सन्दर्भमा सोमबार विहान जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । दोजाङ्गमा आवद्ध विद्यार्थीहरुले पोखराको पर्यटकिय क्षेत्र लेकसाइडका प्रमुख चोकहरुमा एचआइभी र एड्सका बारेमा जानकारी दिलाउँदै हिंडेका थिए ।दोजाङ्गका स–साना विद्यार्थीहरुले ट्याक्सी, माइक्रोबस,तथा भिडभाडमा समेत पुगेर एचआइभी एड्का बारेमा जानकारी दिंदा अवलोकनकर्ताहरुले समेत अचम्म मानेर हेरेका थिए । उनीहरुले फिस्टेलचोक, बाराहीघाट र हल्लनेचोकमा जनचेतनामुलक पर्चा समेत वितरण गरे ।

समाजमा चेताना फैलाउन खेलाडीहरुको पनि भुमिंका महत्वपूर्ण हुने भएकाले दोजाङ्गलेपनि मुलुकैभर संचालित अभियानमा साथ दिएको दोजाङ्गका प्रमुख प्रितम कुँवरले बताए । झण्डै ४० जना तेक्वान्दोका विद्यार्थीहरु यसरि चेतनामुलक कार्यक्रममा हिंडेका हुन् । यसअघि पनि दोजाङ्गले लेकसाइड र वरपर सरसफाई लगाएत चेतनामुल कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । छिट्टैनै स्वास्थ्य परिक्षण सम्बन्धि कार्यक्रम राखिने कुँवरले बताए ।

कमेन्टहरु
Loading...