एयर इन्डियाद्वारा नेपाललाई जितको लागि १५६ रनको लक्ष्य

काठमाडौं, १७ मंसिर/नेपाली क्रिकेट टोलीलाई विश्वकपका लागि तयारी गराउने उद्देश्यले आजदेखि राजधानीमा ुजर्नी टु वल्र्डकपु क्रिकेट प्रतियोगिता सुरु भएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा भारतीय टोली एयर ईण्डीयाले नेपाललाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।journey to world cup nepal

टस हारेर पहिला ब्याटिङ गरेको एयर इन्डियाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभरमा अल आउट हुनुअघि १ सय ५५ रन बनाएको छ ।
एयर इन्डियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अभिनास कर्णले सर्वाधिक ४ विकेट लिएका छन्। यस्तै सोमपाल कामीले पनि ३ विकेट लिन सफल भएका छन् । सागर पुनले २ विकेट लिँदा कप्तान पारस खड्काले पनि १ विकेट लिन सफल भएका थिए । अहिले नेपालले १ सय ५६ रनको जिजयी लक्ष्य लिएर ब्याटिङ गरिरहेको छ ।

एक दिवसीय यो प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने जोरा ईन्टरनेशनलको आयोजना र नेपाल क्रिकेट संघ क्यानको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नेपाल, सिंगापुर र भारतका ४ टोली सहभागि छन् । तियोगितामा नेपाल र सिंगापुरका राष्ट्रिय टोली तथा भारतको दिल्ली वान्डरर्स र एयर ईण्डीया सहभागि छन् ।

कमेन्टहरु
Loading...