कास्कीमा पनि विविध कार्यक्रम गरी २२ औँ अपाङग दीवस मनाईने

कृपा भण्डारी
पोखरा, १६ मंसिर/“अवरोधहरु ह्टाउँदै ः सबैका लागि समावेशी समाजको मार्ग खोलौ” भन्ने
नाराका साथ पोखरामा पनि विविध कार्यक्रम गरि २२ औँ अन्र्तराष्ट्रिय
अपाँगदिवस मनाईने भएको छ ।अपाँगदिवस मुल आयोजक समिति ले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रम
आयोजना गरि आफना कार्यक्रम बारे जानकारी गराएको हो । जसअन्र्तगत मंसिर
१७ गते विभिन्न एफएम रेडियोमा परिसंवाद कार्यक्रम संचालन गर्ने, मंसिर १८
गते मानबअधिकारचोकबाट सभागृहसम्म ¥याली गर्ने , मंसिर १९ गतृे अपाँगता
विषयमा विभिन्न सामाजिक संघसंथालाई अभिमुखिकरण कार्यक्रम आयोजन गर्ने
आयोजक संस्थाका सदस्य हेम गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा विकास नेपालका निर्देशक प्रकाश वाग्लेले २०६८ सालको जनगणना
अनुसार कास्कीम ९ हजार २ सय १९ जना अपाँगता भएका ब्यतिmहरु रहेको
बताउनुभयो । जसमध्य दृष्टिविहिन १ हजार ५ सय ३० , श्रवण विहिन १ हजार ४ सय
८०, श्रवण दृष्टिविहिन १ सय ६५ जना रहेका छन् भने नेपालभर ५ लाख १३ हजार ३
सय २१ ज्ना अपाँगता भएका ब्यतmि रहेका पछिल्लो जनगणनाले देखाएको छ ।
कार्यक्रममा बोल्दै शिशिर खनालले विगतको तुलनामा अपाँगता भएका ब्यतिmहरुलाई
केहि सेवा सुविधा प्राप्त भएतापनि ति सेवा यथेष्ट नभएको बताउनुभयो ।
खनालले अब बन्ने संविधान अपाँगमैत्री हुनुपर्ने बताउनुभयो ।
महिला विकास कार्यालयका प्रतिनिधि एवं अपाँगता फोकल पर्सन लक्ष्मी बरालको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम गुरुङ, कोपिला नेपालका विना सिलुवाल,
श्रीकान्त सापकोटा लगायतकाले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...