दुई दिने संकल्प तालिम सुरु

गिताराना मगर
पोखरा २९ मंसिर/ महिलाहरुको क्षेत्रमा काम गर्दै आइरहेको सस्था संकल्प पश्चिमाञ्चल क्षेत्रिय संजाल पोखराको आयोजनामा संयुतm राष्ट्रसंघ सुरक्षा परिषदबाट पारित प्रस्तावना नम्बर १३२५ र १८२० को राष्ट्रिय कार्यायोजना कार्यान्वयन विषयक पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षक तालिम शुरु भएको छ ।

दुई दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षण तालिममा पश्चिमाञ्चल क्षेत्रमा रहेका ८ जिल्लाका संकल्प संजालका प्रतिनिधीहरुको सहभागीता रहेको छ । तालिममा महिलाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संकल्प संजालका ४० जना प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

तालिममा प्रशिक्षकहरु दुर्गा न्यौपाने, रिता गुरुङ्ग, प्रमिला तज्या, जुना केसी, नम्रता बराल लगाएतले लैङ्गिक समानता, समाबेसीकरण, सुरक्षा परिषदबाट पारित प्रस्तावना नम्बर १३२५ र १८२० को कार्ययोजना, कार्यान्वयन, संक्रमणकालिन न्याय सञ्चार, महिला आन्दोलन लगाएतका विषयहरुमा प्रशिक्षण दिने अयोजकले जनाएको छ । संकल्प संजालमा महिला सम्वन्धी काम गर्दै आइरहेका विभिन्न ११ वटा सस्थाहरु आवद्ध रहेका छन ।

कमेन्टहरु
Loading...