तामाङ सँस्कृतिमा आधारित फिल्म सेम्ला नाङ्साल

पोखरा, १४ मंसिर /पश्चिमाञ्चलमै पहिलोपटक तामाङ भाषाको चलचित्र बनाएर चर्चामा रहेका विजय लामा थोकरले तामाङ सँस्कृतिमै आधारित नेपाली कथानक चलचित्र निर्माण गर्ने भएका छन् । उनी सञ्चालक रहेको सम्झना कला केन्द्र न्यूरोडको दोस्रो प्रस्तुति चलचित्र सेम्ला नाङ्साल (मनको ज्योति) को शुक्रबार तामाङ बौद्ध सेवा समितिमा आयोजित समारोहमा शुभमुहूर्त गरियो ।गुम्बामा दीप प्रज्वलन गरी शुभमुहूर्त गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका कार्यबाहक केन्द्रीय अध्यक्ष कुमबहादुर योञ्जनले फिल्मले लोप हुँदै गएको तामाङ भाषाको भेषभूषा, रीतिरिवाजको संरक्षणमा सघाउ पु¥याउने बताए ।

फिल्मका मुख्य निर्माता बमबहादुर वाइवा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ बौद्ध सेवा समितिका अध्यक्ष टेकबहादुर स्याङवो, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, फिल्मका निर्माण नियन्त्रक सागर महत, क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसका प्रबन्ध निर्देशक मिलन प्रतीकलगायतले फिल्मको सफलताको कामना गरे ।

एक महिनाभित्र छायाँकन सक्ने योजना रहेको सो फिल्ममा निर्देशन एकराज र सूर्यमान तामाङको छ । फिल्मको छायाँकन पोखरा आसपाससहित मुस्ताङ, घान्द्रुक, सिन्धुपाल्चोकमा गरिने फिल्मका प्रस्तुतकर्ता विजय लामा थोकरले जानकारी दिए । नायकसमेत रहेका विजयले फिल्मको कथा लेखेका हुन् भने नृत्य उनैले सिकाएका छन् । उनले यसअघि तामाङ भाषाको चलचित्र ऐला माया से (तिम्रो मायाले) दर्शकसमक्ष ल्याएका थिए ।

फिल्ममा उनीसहित सविना घिसिङ, तीर्थकुमार तामाङ, जुना तामाङ, जीतबहादुर मोक्तान, दीपक तामाङ, विकास बराल, शंकर गोलेलगायतको मुख्य भूमिका रहने जनाइएको छ । अम्मर तामाङ, निरमाया गुरुङ मोक्तान निर्माता रहेको फिल्म विष्णु बास्तोलाले खिचेका छन् । फिल्ममा सड्डीत विशाल कालतान, द्वन्द्व उन्छोङ aचेम्जोङको छ ।

कमेन्टहरु
Loading...