दशौ लेखनाथ महोत्सबको तयारी तिब्र

गोकुल बानियाँ
पोखरा १२ मंसिर । कास्कीको लेखनाथमा मंसिर अन्तिम साता सुरु हुने दशौ लेखनाथ महोत्सबको तयारी तिब्र पारिएको छ । मंसिर २७ देखि पुष ८ गते सम्म सञ्चालन हुने महोत्सबको ५० प्रतिशत तयारी पुरा भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

महोत्सबको ५५ प्रतिशत स्टल बुकिङ भैसकेको संयोजक एबं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले बताए । महोत्सबमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट लगायतका ३ सय ७ स्टल रहने गिरीले जानकारी दिए । महोत्सव अबधिभर ३ लाख दर्शक भित्रने र १५ देखी २० करोड कारोबारको अपेक्षा गरिएको छ ।

photo lekhnath mahotsab

यस महोत्सवको आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको प्रचार संयोजक भरतकुमार अधिकारीले बताए । त्यस्तै एक गाउं एक उत्पादन कार्यक्रमद्धारा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनीलाई पनि महोत्सबमा समेटिने भएको छ ।

महोत्सबमा स्थानीय प्रतिभाको खोजी अन्तरगत गण्डकी तारा गायन प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारवाट स्टेज सो, बाल उद्यान ,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरुको प्रस्तुती, विद्यालय स्तरिय लोकनृत्य तारापुञ्ज प्रतियोगिता, रितिरिवाज झल्कने सास्कृतिक महोत्सवलाई पनि समाबेश गरिएको छ ।

कबि शिरोमणी लेखनाथ पौडेलको जन्मथलो लेखनाथमा हुन लागेको महोत्सबमा यस बर्ष कवि गोष्ठी एबं कबिता प्रतियोगिता समेत हुने भएको छ । मंसिर २९ गते हुने कबिता प्रतियोगितामा संकलित कबिता मध्य छनौटमा परेका २० कबिता प्रतिश्पर्धामा समाबेश गरिने साहित्यिक कार्यक्रम संयोजक ईन्जिनियर बसन्त मोहन भट्टराईले बताए । कबिता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १०, ७ र पाच हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

महोत्सबको मुख्य प्रायोजक कैलाश विकास वैंक र पशुपती पेन्टस सहप्रायोजक रहेका छन् । महोत्सब सम्पन्न गर्न गठित ४१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति र नगर स्तरिय १५ वटा उपसमितिले तयारीलाई तिब्र पारेका छन् । समग्र लेखनाथको प्रबद्र्धनको लागि २०६१ साल देखि निरन्तर महोत्सबको आयोजना गर्दै आएको छ ।

महोत्सब अबलोकनको लागि सर्बसाधारणलाई ५० र बिद्यार्थीको लागि ३० रुपैया टिकबटदर कायम गरिएको छ । महोत्सबबाट बचेको रकमले महोत्सव स्थल लेखनाथ १ भण्डारढिकको प्रस्तावित रंङशालालाई जग्गा व्यवस्थापनमा सहजीकरण हुने गरि सम्वन्धीत निकायहरुसंग समन्वय गरी पक्की कम्पाउण्डीङ्गको काम शुरुवात गरिने संघले जनाएको छ ।

कमेन्टहरु
Loading...