१५ औं सडक महोत्सवको तयारी तिब्र

मंसिर ११,पोखरा /पोखरामा सञ्चालन हुने विभिन्न इभेण्टहरुमध्यको अर्को मेघा इभेण्ट सडक महोत्सवको १५ औ संस्कण आउँदो पुष १३ देखि १७ गते सम्म लेकसाइडमा सञ्चालन हुने भएको छ । महोत्सवको मिति नजिकिंदै गर्दा महोत्सव आयोजक रेवान पोखराले पनि यसको तयारीमा तिव्रता दिएको छ । यस्तोमा रेवान पोखराले महोत्सव सफल पार्नका लागि मंगलबार लेकसाइडस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुसंग छलफल गरेको छ ।छलफलमा सहभागिहरुले सडक महोत्सवले यहाँसम्म आइपुग्दा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा ख्याति कमाइसकेको र यो ख्याति जोगाइराख्नु सवैको कर्तव्य भएको बताए । उनीहरुले पोखराको पहिचान बनिसकेको यो महोत्सव सफल पार्न आ–आफ्नों ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल,पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्रे, टान पश्चिमाञ्चलका अध्यक्ष नारायण प्रसाद सापकोटा, नाट्टा क्षेत्रिय संघ पोखराका प्रथम उपाध्यक्ष सन्तोष पोखरेल, नेपाली काँग्रेस वडा नम्वर ६ का सभापति दिपकविर कुँवर, एमालेका कालिबहादुर अधिकारी, एमाओवादीका लिलाधर अधिकारी, मनि चेन्जरका दयानन्द पोखरेल, टुरिष्ट बुक सपका प्रेमप्रसाद शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष पम्फा पहारी, वडा समन्वय समिति वडा नम्वर ६ का गिरिराज अधिकारी, फेवा डुँङ्गा व्यवसायि संघका रमेश भुजेल, वडा कार्यालय, वडा नम्वर ६ का सचिव राजुबहादुर कोइराला, मितेरी क्लवका अध्यक्ष खेम पहारी, होटल प्रतिनिधी समाजका उपाध्यक्ष दिपेन्द्र पहारी लगाएतले बोलेका थिए ।

रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै १५ औं सडक महोत्सवका संयोजक एवं बलराम पहारीले सडक महोत्सवले लेकसाइडको मात्रै नभई समग्र पोखराको पवद्र्धनमा टेवा पु¥याउने भएकाले यसलाई सफल पार्न पोखरेलीहरुको एकताको खाँचो रहने औल्याए । रेवान पोखराका महासचिव लक्ष्मण बरालले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...