११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता २३ देखि

पोखरा, ११ मङ्सिर। कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा यही मङ्सिर २३ गतेदेखि पोखरामा ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ।

सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा म·लबार पोखरामा सम्पन्न बैठकले सो निर्णय गरेको सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए। बैठकले अध्यक्ष नेत्रबहादुर सेनको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरेको छ।

जसअनुसार आर्थिक सड्ढलन उपसमितिको संयोजकमा कृष्ण गुरुङ, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन उपसमितिको संयोजकमा धोजकुमार गुरुङ, समारोह सचिवालय व्यवस्थापन संयोजकमा नारायण पुन, प्रचार–प्रसार उपसमितिको संयोजकमा प्रेम पुन तथा टीम सम्पर्क उपसमितिको संयोजकमा जमानसिंह दुरा रहेका छन्।

यस्तै रेफ्री व्यवस्थापन उपसमितिको संयोजकमा शिव पुन, शान्तिसुरक्षा संयोजकमा सुरेश गुरुङ, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमितिको संयोजकमा क्या. जगबहादुर गुरुङ, स्वयंसेवक परिचालन उपसमतिको संयोजकमा गणेश सेन्चुरी, ब्यानर व्यवस्थापन उपसमितिको संयोजकमा बलमान छन्त्याल, प्राथमिक उपचार व्यवस्थापन उपसमितिको संयोजकमा चाँदनी गुरुङ र मैदान व्यवस्थापन उपसमितिको संयोजकमा भरतविक्रम बानियाँ रहेका छन्।

प्रतियोगिता सम्पन्न गर्न सङ्घका केन्द्रीय उपाध्यक्ष एवं सल्लाहकार जुमप्रसाद गुरुङ संयोजक तथा तेजबहादुर गुरुङ, सुरेश गुरुङ, सुनिल गुरुङ, खड्ग गुरुङ र राजुकुमार पुन सदस्य रहेको छ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने तथा करिब एक लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष छात्रतर्फ मनकामना बोर्डिङ स्कुल तथा छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि प्रथम भएका थिए।

कमेन्टहरु
Loading...