कास्कीमा मुख्य तीन दलबाहेक अन्यको जमानत जफत

हिमाल लम्साल
पोखरा, १० मसिंर /संविधानसभाको निर्वाचनमा कास्कीमा नेपाली, काँग्रेस र एकिकृत नेकपा माओवादी बाहेकका अन्य सवै दलका उम्मेदवारहरुको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारहरुको जमानत जफत भएको हो । संविधानसभाको निर्वाचनमा कास्कीबाट सहभागिता जनाएका साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले कुल सदर मतको १० प्रतिशत मत आफ्नो पक्षमा ल्याउन नसकेर जमानत गुमाएका छन् । कास्कीको क्षेत्र नं १ बाट जमानत जफत हुने उम्मेदवार सद्भावना पार्टीका बालुमायाँ पौडेलले २२ मत ल्याएकी थिइन । पौडेलले कुल सदर मतको ०.०५ प्रतिशत मात्रै ल्याएकी थिइन । राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णप्रसाद रेग्मीले समेत जमानत जोगाउन सकेनन् । रेग्मीले १ सय ३४ अर्थात ०.३३ प्रतिशत मात्रै मत ल्याएका थिए । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका तुलबहादुर सुनारको पनि धरौती रकम जफत भएको छ । सुनारले २२ मत अर्थात ०.०५ प्रतिशत मात्रै मत ल्याएका थिए । नेपाल परिवार दलका शिवजी भट्टराईको पनि जमानत जफत भएको छ । उनले ५९ अर्थात ०.१५ प्रतिशत मत ल्याएका थिए । राप्रपा नेपालका भिमसेन गुरुङको पनि जमानत जफत हुनेमा परेका छन् ।4

उनले ७ सय ६४ मत ल्याएपनि जमानत जफत नै भ¥यो । मधेशी जनअधिकार फोरम नेपालका रामकाजी चर्माकारको पनि जमानत जफत भएको छ । उनले १३ मत मात्रै ल्याएका थिए । त्यस्तै जमानत गुमाउनेमा राष्ट्रिय जनमोर्चाका मदनमुराी घिमिरे समेत रहेका छन् । उनले ६६ मत मात्रै ल्याए । दलित जनजाती पार्टीका पूर्णबहादुर विकको पनि जमानत गुमेको छ । उनले १७ मत ल्याए । राष्ट्रिय स्वाभिमान पार्टी नेपालका रत्नमणि अधिकारीले १७ मत ल्याई जमानत गुमाएका छन् । खस समावेशी राष्ट्रिय पार्टीका सम्मरबहादुर थापाले ८१ मत, अखण्ड नेपालका मिनबहादुर केसीले ३ सय ३५ मत, राष्ट्रिय शिवसेना पार्टीका रामेश्वर अधिकारीले १७ मत, संघिय समाजबादी पार्टीका मनबहादुर गुरुङले ५ सय ८७ मत, तराई पहार्ड हिमाल एकता पार्टीका रनमाया गुरुङले ११ मत, हरियाली पार्टी नेपालका रुद्रनाथ सापकोटाले २ मत, शिवसेना नेपाल प्रभुराज पौडेलले १४ मत, राष्ट्रिय एकता पार्टीले ९ मत र स्वतन्त्र उम्मेदवार चिन्ता गुरुङले ४९ मत ल्याई जमानत गुमाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले कुल सदर मतको १० प्रतिशत मत नल्याए प्रत्यक्ष तर्फको उम्मेदवारको जमानत जफत हुने जानकारी दिए । ‘प्रत्यक्ष तर्फका उम्मेदवारले १० कुल सदर मतको १० प्रतिशत मत नल्याए जमानत रकम जफत हुन्छ’ जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख भण्डारीले भने ‘समानुपतिक तर्फ पार्टीले एक सिट पनि नल्याए जमानत जफत हुनेछ । प्रत्यक्ष तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको तीनहजार रुपैयाँ जमानत जफत भए पाउदैनन भने समानुपातिक तर्फको पार्टीले १० हजार रुपैया ँतिरेर पार्टी दर्ता गर्न शुल्क लाग्ने निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

क्षेत्र नं ४ कास्कीबाट जमानत गुमाउने प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेदवार बेलबहादुर थापाले ३६ मत ल्याए । संघियसमाजबादीका गणेशमान गुरुङले ८ सय २ मत ल्याए । स्वतन्त्र उम्मेदवार तिर्थबहादुर थापाले ५३ मत ल्याए । राष्ट्रिय एकता पार्टीका नरबहादुर विकले २५ मत ल्याए । अखण्ड नेपालका कृष्णबहादुर थापाले ५ सय ५१ मत ल्याए । राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले ७७ मत ल्याई जमानत गुमाए । त्यस्तै भुपालसिंह बुढाथोकीले ४४ मत ल्याए । नेपाल परिवार दलका धु्रवबहादुर थापाले १८ मत ल्याएका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका विरबहादुर गुरुङले २१ मत ल्याए । राप्रपाका भिमराज भण्डारीले २ सय १५ मत ल्याए ।

सद्भावना पार्टीका जानुका चर्मकारले ५९ मत ल्याई जमानत नै गुमाइन भने नेकपा मालेका नरबहादुर विकले ७ सय ७४ मत ल्याएका थिए । राप्रपा नेपालका बरुण विक्रम राणाले ४ सय ९१ मत ल्याउँदै आफ्नो जमानत गुमाएका थिए । कास्की क्षेत्र नं ४ मा ४० हजार ९ सय १९ मत खसेपनि १ हजार १ सय ९५ बदर भई ३८ हजार ९ सय २४ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको जमानत जफत हुने गर्छ । कास्की जिल्लाबाट ७ स्वतन्त्र सहित ७७ जनाले प्रत्यक्ष तर्फको उम्मेदवारी दिएका थिए ।

कमेन्टहरु
Loading...