कास्कीमा थप ११ जनामा संक्रमण पुष्टि एकको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालि पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २ जिल्ला गरि थप १५ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये ११ जना कास्की जिल्ला पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

 

थप १ को मृत्यु

त्यस्तै प्रदेशमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नम्बर १ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, कास्कीका प्रमुखले जानकारी दिएका छन् ।

गण्डकी मेडिकल कलेजमा उपचाररत महिलाको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

कमेन्टहरु
Loading...