पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ का ६१ वर्षीय महिला, ७ का ४८ वर्षीय पुरुष तथा १४ का ५१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा १९ जनालाई संक्रमण पुष्टि भएको थियो ।
गोरखामा २२ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गण्डकी तथा सहीद लखनका २२ जनालाई संक्रमण पुष्टि भएको हो । सहीद लखन अन्तरगत संक्रमित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
लजमुङका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पैयुं गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय १ जना महिला तथा २२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार १ सय ७३ पुगेको छ ।