कोरोना अस्पताल बुटवलमा थप दुईजना संक्रमितको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका दुई कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ । वडा नं ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

 

 

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।

 

 

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

कमेन्टहरु
Loading...