आईपीएलको १३ औं संस्करणमा पन्जाबको चौथो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा किंग्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । मंगलबार दुबईमा भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ ।

 

 

दिल्लीले पन्जाबलाई १६५ रनको विजय लक्ष्य दिएको थियो । उक्त रन पन्जाबले एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरेका थिए । तर पन्जाबको शुरुआत राम्रो थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । उनलाई तेस्रो ओभरमा दिल्लीका अक्षर पटेलले आउट गरे ।

 

 

तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । उनलाई छैटौं ओभरमा रविचन्द्र आश्विनले बोल्ड गरे । यसै ओभरमा मयंक अग्रवाल रनआउट भए । उनले ५ रनमात्र बनाउन सके ।

 

 

तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे ।

 

दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो ।

 

 

आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

कमेन्टहरु
Loading...