गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा प्रदेशका नवलपरासी , गोरखा र तनहुँ गरि तिन जिल्लामा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

नवलपरासीमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । गैँडाकोटमा ११ जना , कावासोतीमा २ जना र मध्यविन्दुमा २ जना संक्रमित गरि थप १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखाको सुलिकोट वडा नम्बर ६ मा १ २८ वर्षिय महिला कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यता तनहुँमा २ जना संक्रमित थपिएका छन् । तनहुँ आबुखैरेनीमा १ जना र देवघाटमा १ जना गरि तनहुँमा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ ।

कोरोना संक्रमितको मृत्यु
यता नवलपरासी जिल्ला, गैंडाकोट ७ का ५० वर्षीय पुरुषको उपाचरकै क्रममा मृतयु भएको छ । चितवन कोभिड आई सि युमा उपचारको क्रममा उनको मंगलबार बिहान ९स् ५६ बजे मृत्यु भएको दुखद निधन भएको स्वास्थ्य कार्यालय, नवलपरासीका प्रमुखले जानकारी दिए ।
यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ ।

 

कमेन्टहरु
Loading...