अर्मलामा यसरी भासिएको छ जमिन (फोटो फिचर सहित)

कास्कीका अर्मलाबासी एकाएक जमिन भासिन थालेपछि त्रसित
आधा दर्जन घरपरिवार विस्थापित
गिता राना मगर
पोखरा, ७ मंसिर
कास्कीको अर्मला एकका स्थानियवासी एकाएक जमिन भासिन थालेपछि त्रसित बनेका छन । एकाएक जमिन भासिएर ठूलो ठूलो खाल्टो बन्न थालेपछि उक्त क्षेत्रका स्थानियवासी त्रसित भएका हुन । अर्मला फांटमा दुइ तिन दिनदेखि खेतका गह्राहरुमा ठूला ठूला खाल्डाहरु बनेर जमिन भासिन थालेपछि त्रसित वनेका स्थानियहरु शुक्रबार स्थानिय पसवहादुर परियारको घर भासिएपछि झनै त्रसित बनेका हुन ।armala (1)

शुक्रवार मात्रै उतm क्षेत्रका एकदर्जन घरपरिवार विस्थापित भएका छन । घरभित्र भासिएर खाल्डो पर्न थालेपछि त्यहांका स्थानियहरु त्रसित वनेका हुन । शुक्रवार दिनभरमा दुइदर्जन बढी खाल्डाहरु बनेका छन । शुक्रबार उक्त क्षेत्रमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, स्थानिय बिकास अधिकारी इश्वराज पौडेल, पृथ्वीनारायण क्यापम्सका प्रध्यापक तथा भूगोलविद डाक्टर कृष्ण केसी र डाक्टर दृवेन्द्र वहादुर लामिछाने लगाएतको टोलीले अवलोकन समेत गरेका छन ।

अवलोकनको क्रममा भुगोलविद डाक्टर कृष्ण केसीले कालीखोलामा भएको अतिक्रमणका कारण खेतहरु तथा पाखाहरु भासिन पुगेको वताए । उनले भने काली खोला नजिकै भएको र त्यसको वरपर कमेरो माटो वढी भएको जमिनमा घना वस्ती बस्न थालेकाले उक्त क्षेत्रमा भासिने क्रम सुरु भएको हा । यसको समाधानका लागी कालीखोलाको अतिक्रमणलाई न्यूनिकरण गर्दै खोलामा बलियो खालको बांध निर्माण गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले तत्काल दैवी प्रकोप उद्धार समितिको बैठक वसी उतm घटनाबाट घरबार बिहीन भएका परिवारलाई क्षतिपूर्ती दिलाउनका लागी ब्यवस्था मिलाउने वताए ।

[sociallocker]

जिल्ला विकास समितका स्थानिय विकास अधिकारी इश्वरराज पौडेलले पनि स्थानिय वासीहरुलाई संयमित हुन आग्रह गर्दै उतm क्षेत्रमा भएको दैवी प्रकोपको लेखाजोखा गरी घरवार बिहीन भएका घरपरिवारलाई सरकारी ब्यवस्था अनुसार क्षतीपूर्ती दिलाउन सहयोग गर्ने वताए । अर्मला गाउ विकास समितिका सचिव रामचन्द्र पौडेलले एक हप्ता अघिदेखि खेतहरुमा सानो सानो खाल्डो वनेको र स्थानियहरुले प्रशासनमा खबर गरेको भएतापनि चुनावी माहोलले गर्दा उक्त क्षेत्रमा प्रशासनले ध्यान दिन नसक्दा सम्भावित घटनाहरु घट्न सक्ने वताउदै सरकार र स्थानिय प्रशासनले यसवारेमा ध्यान दिनुपर्ने वताए ।

अहिले उक्त क्षेत्रमा कास्की प्रहरी र शसस्त्र प्रहरीले उद्धार कार्य जारी राख्दै स्थानियहरुलाई दैबी प्रकोपका कारण सम्भावित घटना घट्न सक्ने भन्दै संयमित हुन आग्रह गरिएको कालिका गणका डि एस पी लालवहादुर कार्कीले जानकारी दिए । उक्त क्षेत्रमा एक घरमा पूर्ण रुपमा क्षती भएको छभने खेतका गह्राहरुमा भासिने क्रम जारी रहेको छभने स्थानियहरु त्रसित भइरहको स्थानिय रामप्रसाद पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार उक्त क्षेत्रमा रहेको १८ वटा घरहरु जोखिममा रहेको छभने उक्त क्षेत्रमा अहिले यातायातका साधनहरु पूर्ण रुपमा ठप्प रहेको छभने स्थानियहरु आफ्नो घर छाडेर माथिल्लो तहमा रहेको वस्तीहरुमा वसिरहेका छन । अर्मला एकमा गएको यस्तौ दैबी प्रकोप पछि काली खोलामा अहिले कमेरो माटो मिसिएर पानी बग्न थालेको छ । खोलाको किनारमा अहिले कमेरो माटो मिसिएको मुस्लो रुपमा पानी निस्किन थालेको छ । स्थानियहरुका अनुसार उक्त क्षेत्रमा बाटुलेचौर र पोखराका मानिसहरुको हेर्नका लागी ठूलो भीड लागेको थियो ।
तस्वीर ः गिताराना मगर

armala (2) armala (3) armala (4) armala (5)

[/sociallocker]

कमेन्टहरु
Loading...