२०४८ साल देखि लगातार जित हासिल गर्ने नेताहरु हेर्नुहोस्स

नेपाली राजनीतिकका यस्ता प्रतियोगी जसले लगातार २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० संविधानसभा चुनाव सहित सबै पाँचवटा लोकतान्त्रिक चुनावमा जितको रेकर्ड दर्ता गराएका छन् ।तिनिहरु नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तथा उपसभापति रामचन्द्र पौडेल,नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छ र फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले रहेका छन् । 

शेरबहादुर देउवाले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन गृहजिल्ला डडेलधुराबाट जितेका थिए भने पहिलो संविधानसभा चुनाव डडेलधुरा र कञ्चनपुर ४ तथा दोस्रो संविधानसभा चुनाव डडेलधुरा र कैलाली ६ बाट जितेका छन् ।
रामचन्द्र पौडेलले २०४८ को संसदीय निर्वाचन तनहुँ १ र २०५१, २०५६, २०६४ र २०७० को चुनाव तनहुँ २ बाट जितेका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि पहिले कांग्रेसमा हुँदा २०४८, २०५१ र २०५६ मा सुनसरीबाट संसदीय चुनाव जितेका थिए भने कांग्रेस छाडेर फोरममा लागेपछि उनले २०६४ को संविधानसभा चुनाव सुनसरी ३ र मोरङ ७ बाट जितेका छन् । २०७०मा भने उनी सुनसरी ३ बाट जित हासिल गरेका छन् । त्यस्तै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छले भने भक्तपुर १ बाट लगातार पाँचपटकको चुनावमा जित हासिल गरी २०४८ पछिको लगातार जित्ने नेताको सुची नाम दर्ता गराएका छन् ।

कमेन्टहरु
Loading...