कस्ले कहाँ जित्यो, कस्ले कहाँ अग्रता लिएको छ हेरौ

संविधान सभा चुनावका लागी भएको चुनावमा २ सय ४० स्थान मध्ये २ सय 4 स्थानमा नतिजा आएको छ ।
 नेपाली कांग्रेस ८7
नेकपा एमाले 79
एमाओवादी 24
फोरम लोकतान्त्रिक ४
राष्ट्रिय प्रजातन्त्र पार्टी ३
सदभावना पार्टी १
फोरम नेपाल 2
तमलोपा ३
स्वतन्त्र १

एमाले भन्दा कांग्रेसले ८ सीट बढी जितेको भए पनि गणना बाँकी रहेका क्षेत्रमा एमालेको अग्रता बढी भएकाले एमाले नै ठूलो पार्टी बन्ने सम्भावना छ । गणमना भइरहेका ३३ क्षत्रेमध्ये कांग्रेस ७ स्थानमा अगाडि छ भने एमाले १८ स्थानमा अगाडि छ । त्यस्तै एमाओवादीले ५ र अन्य दलहरुले ३ स्थानमा अग्रता कायम गरिरहेका छन् । अब प्रत्यक्षतर्फका २४० सीट मध्ये ३८ स्थानको मात्रै परिणाम आउन बाँकी छ । कांग्रेसले हुम्ला, मुगु र ओखलढुंगा २ मा अग्रता लिएको छ । एमालेले दोलखा २, दोलखा १ र बाजुरामा अग्रता लिएको छ ।

अछाम २ मा एमाले विजयी 
अछाम क्षेत्र नम्बर २ एमालेका उमेदवार भरत साउद विजयी हुनुभएको छ । उहाँले १६६६४ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दलबहादुर कुवँरले १५४९० मत ल्याउनुभयो ।
कांग्रेस उमेदवारलाई पच्छ्याउने क्रममा एमाओवादीका झंक रावलले ४४९० मत प्राप्त गर्नुभयो । अछामका दुवैक्षेत्रमा एमाले विजयी भएको हो ।
काभ्रे २ मा एमाले विजयी 
काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उमेदवार रामहरि सुवेदी विजयी हुनुभएको छ ।
सोलुखुम्बुमा कांग्रेस विजयी
सोलुखुम्बुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले विजय हाँसिल गर्नुभएको छ । केहीबेरअघि सार्वजनिक परिणाम अनुसार केसीले ११६६४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका आङङिमा लामाले १०१०४ मत ल्याउनुभएको थियो । पहिलो संविधानसभा निर्वाचनमा सोलुखुम्बुमा बलबहादुर केसी नेकपा माओवादीका गोपाल किरातीसाग पराजित हुनुभएको थियो ।
धनुषा ४ मा सद्भावना विजयी
धनुषा क्षेत्र नम्बर ४ मा सद्भावनाका सञ्जय कुमार साह विजयी हुनुभएको छ । साहले १२ हजार ६ सय ६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसरोज यादवले ११ हजार ४ सय २६ मत प्राप्त गर्नुभयो ।
रौतहट ६ मा एमालेका रामकुमार भट्टराई विजयी । उहाँले १४ हजार ३ सय ९८ मत पाउनुभयो ।
धनुषा १ मा कांग्रेस विजयी 
धनुषा १ मा नेपाली कांग्रेसका दिनेशकुमार पर्सौला विजयी हुनुभको छ । विजयी हुने क्रममा उहाँले ८८२६ मत प्राप्त गर्नुभएको छ । पर्सौलाका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उमेदवार योगकुमार बर्बरिया श्रवणले ७९४६ मत ल्याउनुभएको छ । यो क्षेत्रमा उठ्नुभएका एकीकृत माओवादीका रामचन्द्र झा तेस्रो स्थानमा रहनुभयो ।

 

कमेन्टहरु
Loading...