गस्तीमा गएका बेला बेपत्ता भएका अर्का प्रहरी पनि मृत भेटिए

पोखरा । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । बेपत्ता भएको झण्डै ६० घण्टापछि प्रहरी जवान साउदको शव असई गोविन्द विकको शव भेटिएको स्थानबाट केही पर भेटिएको प्रहरीले जानकारी दिएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान साउद तथा असई विक मोटरसाइकलमा गस्तीमा गएका बेला बेपत्ता भएका थिए ।

दुवै जना बेपत्ता भएपछि उनीहरुको प्रहरीले खोजी गरेको थियो । खोजीका क्रममा असई विकको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । उक्त नदी नेपाल तथा भारतको सीमा समेत हो ।

विकको घाँटी रेटेर हत्या भएको थियो । हत्याका लागि प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरिसकेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

गस्तीमा गएको समयमा दुवै जना तस्करहरुको निशानामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कमेन्टहरु
Loading...